Section 13
मतदान गर्न बाधा गर्न नहुने
(१) कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौँडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) विपरीतको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृत वा अनुगमनकर्ताले पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।